कोरोना संक्रमितको संख्या ३५ हजार नाघ्यो, एकैदिन थपिए १,१११ जना

 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकैदिन १ हजार १सय ११ जनामा कोरोना भाइरस संक्रमण थपिएर संक्रमत संख्या ३५ हजार नाघेको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका १ हजार १ सय ११ जनासहित देशभर संक्रमितको संख्या ३५ हजार ५ सय २९ जना पुगेको जानकारी दिनुभयो ।

संक्रमितमध्ये २० हजार ७३ जना निको भएर घर फर्किएका छन् भने १ सय ८३ जनाको ज्यान गएको छ ।