शतप्रतिशत जोखिम भत्ता र कोरोना विमा गर्न निगम कर्मचारी संघको माग

 

काठमाडौं । कोरोना महामारीका समयमा फ्रण्टलाइनमा कार्यरत कर्मचारी र परिवारको स्वास्थ्य र सुरक्षालाई ध्यान दिई शतप्रतिशत जोखिम भत्ता र कोरोना विमा व्यवस्था गर्न आयल निगम कर्मचारी संघले माग गरेको छ ।

आधिकारिक ट्रेड युनियनका अध्यक्ष गोपालचन्द्र राइले विज्ञप्ती जारी गर्दै सम्बन्धित निकायसमक्ष यस्तो माग गर्नुभएको हो । निगमको ५ नं प्रादेशिक कार्यालय भलवारी, पेट्रोल पम्प भैरहवा, हवाइ इन्धन डिपो भैरहवा लगायतमा कार्यरत कर्मचारीमा देखिएको कोरोनाको उपचारमा युनीयन आफैंले सहयोग गरेको राइले उल्लेख गर्नुभएको छ । युनीयनले विज्ञप्तीमार्फत सबै कर्मचारीहरुलाई स्वास्थ्य सुरक्षा उपकरणको सहज उपलब्धता गराउन र नियमित स्वास्थ्य परीक्षणको व्यवस्था गर्न समेत माग गर्नुभएको छ ।