सोमबार काठमाडौं उपत्यकामा मात्रै भेटिए २२४ कोरोना संक्रमित

 

काठमाडौं । स्वास्थ्य तथा जनसंस्था मन्त्रालयले सोमबार काठमाडौँ उपत्यकामा मात्रै थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौँमा १७७ जना, ललितपुरमा ३३ जना र भक्तपुरमा १४ जनामा कोरोना पुष्टि भएको जानकारी गराउनुभएको हो ।