प्रद्युम्न र सुजाताले ल्याए राष्ट्रियता भावको गीत स्वाभीमानी नेपाली

 

ललितपुर । गायक प्रद्युम्न घले र गायिका सुजाता केसीले गाएको राष्ट्रभावको गीत स्वाभीमानी नेपाली सार्वजनिक भएको छ । लोकराज अधिकारीको लय र प्रद्युम्न घलेको संगीत रहेको उक्त गीतमा संगीत संयोजन रोसन वान्तवा राइले गर्नुभएको छ ।
वल्र्ड कभर मिडिया प्रा.लि.ले भिडियो निर्माण गरको उक्त गीतमा कोमल वली, कृष्णभक्त महर्जन, गणेश केसी, सूर्यमान श्रेष्ठ, संगिता घिमिरे, सुशील शर्मा, रविन शर्मा, अमर तामांग, रोजी श्रेष्ठ, मैयाँ चौंरेल सुधा केसी लगायतले अभिनय गर्नुभएको छ ।