दुर्गेश थापाको अर्को गीत २ दिनमै ट्रेन्डिङ १ मा (भिडियो)

 

काठमाडौं । चर्चित र्याप नायक दुर्गेश थापाको अर्को गीत सार्वजनिक भएको २ दिनमै ट्रेण्डिंग १ मा आएको छ । थापाकै स्वर र अभिनय रहेको ‘आलु जस्तो गायक’ गीत ट्रेन्डिङ नम्बर १ मा आएको हो।

इनाक्क्षी इन्टरटेइमेन्टले दुई दिनअघि मात्रै सार्वजनिक गरेको म्युजिक भिडियोले शनिबार साँझसम्म ८ लाखभन्दा धेरै भ्युज पाइसकेको छ ।

वसन्त थापाको शब्द रहेको गीतमा दुर्गेश थापाको स्वर र कृष्ण विकको एरेन्ज छ। म्युजिक भिडियोमा छायांकन रक कौशल, सम्पादन मिलन विश्वकर्मा र निर्देशन शिव विकले गरेका छन्।

दुर्गेशका गीतहरुप्रतिको दृष्टिकोणहरु र प्रतिक्रियाहरु समेतलाई कलात्मक ढंगले भिडियोमा प्रस्तुत गरिएको छ ।