राष्ट्रबैंकद्धारा २ प्रतिशत व्याजमा पुनर्कर्जाका लागि प्रस्ताव आह्वान, शैलुनदेखि कृषि र पर्यटन क्षेत्रले पाउने

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभिद १९ का कारण प्रभावित व्यवसायको पुनरुत्थानका लागि २ प्रतिशत व्याजदरमा पुनरकर्जाको लागि आवेदन आह्वान गरेको छ । भदौ १ गतेदेखि असोज १४ गतेसम्म आवेदन दिन पाइने गरी सूचना प्रकाशित गरेकोमा बैंक तथा वित्तीय संस्थाहरु सहभागी हुन सक्नेछन् । बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लागनीलाई नै धितो मानेर राष्ट्र बैंकले ती बैंक तथा वित्तीय संस्थाहरुलाई पुनरकर्जा दिने उल्लेख गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले माग गर्ने कुल पुनरकर्जा रकम सो संस्थाको प्राथमिक पुँजीको २५ प्रतिशतसम्म मात्रै हुनुपर्नेछ । आवेदनको लागि छनोट गरिएका कर्जाको भुक्तानी अवधि कम्तिमा पनि १ वर्ष बाँकी रहेको हुनुपर्ने शर्त राष्ट्र बैंकको छ । एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिएका ऋणीको हकमा भने ऋणी स्वयम्ले म यो बैंक वा वित्तीय संस्थाबाट मात्रै पुनर्कर्जा सुविधा लिन्छु भनेर जानकारी गराउनु पर्नेछ ।

पुनरकर्जाको लागि बैंक तथा वित्तीय संस्थाहरुले मागेको कुल रकमको कम्तिमा पनि ७० प्रतिशत रकम लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा अन्तरगत हुने गरी माग गर्नुपर्ने राष्ट्र बैंकको भनाइ छ । पुनरकर्जा माग गर्नको लागि कर्जा छनोट गर्दा बैंक वित्तीय संस्थाको प्रत्येक शाखाबाट कम्तिमा पनि ५ वटा ग्राहक ऋणी समेटिएको हुनुपर्नेछ ।

बैंक तथा वित्तीय संस्थाहरुले पुनरकर्जा कार्यविधिमा तोकिए अनुसार नियमित किस्ता व्याज तिरेका ऋणिहरुलाई व्याज छुट दिने व्यवस्था गरिएको छ । राष्ट्र बैंकले ३ प्रकारका कर्जामा पुनरकर्जा सुविधा उपलब्ध गराउनेछ । यसमध्ये लघु, घरेलु तथा साना उद्यम पुनरकर्जामा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसँग २ प्रतिशत व्याज लिनेछ भने बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकसँग ५ प्रतिशत व्याज लिन पाउने छन् ।

यसरी लिइने पुनरकर्जाको अवधि बढीमा १ वर्षको मात्रै हुन्छ । र, यस्तो कर्जा नवीकरण नहुने व्यवस्था गरिएको छ । नेपाल राष्ट्र बैंकबाट आह्वान गरी बैंक तथा वित्तीय संस्थालाई एकमुष्ट प्रदान हुने प्रतिग्राहक पुनरकर्जाको अधिकतम सीमा ५ करोड रुपैयाँ हुन्छ । यसरी एकमुष्ट प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको ७० प्रतिशतभन्दा बढी हुने छैन ।

राष्ट्र बैंकले ग्राहक अनुसार मूल्याङ्कन गरी उपलव्ध गराउने पुनरकर्जाको प्रतिग्राहक अधिकतम सीमा २० करोड रुपैयाँसम्म तोकिएको छ ।

यी हुन पुनरकर्जा पाउने उद्यम व्यवसाय

अति प्रभावित क्षेत्र

१. पर्यटन
(क) ट्रेकिङ्ग, ट्राभल एजेन्सी, पर्वतारोहण, ¥याफ्टिङ्ग, क्याम्पिङ्ग, टुर अपरेटर, हिलिङ्ग सेन्टर, क्यासिनो, मसाज स्पा आदि,
(ख) होटल, पर्यटक आवास, मोटेल, ग्रामीण पर्यटन, होम स्टे, रिसोर्ट, तथा रेष्टुराँ, पर्यावरणीय पर्यटन, वन्यजन्तु आरक्ष,
(ग) साहसिक पर्यटनस् स्किइङ्ग, ग्लाइडिङ्ग, वाटर ¥याप्mटिङ्ग, हट एयर व्यालुनिङ्ग, क्यानोइङ, प्यारासेलिङ्ग, घोडचढी, हात्तीचढी, बन्जी जम्पिङ्ग, हिमाल आरोहरण र अवलोकन लगायत,
(घ) गल्फ कोर्स, पोलो, पोनी ट्रेकिङ, पदयात्रा, माउन्टेन फ्लाइट सञ्चालन, केवलकार
२. हवाई तथा पर्यटकीय यातायात
३. मनोरञ्जन, मनोरञ्जन पार्क, रिक्रिएसन सम्बन्धी व्यवसाय, पार्टी प्यालेस
४. चलचित्र उत्पादन, वितरण, सिनेमा हल
५. रोजगारी गुमेका वा बिथयाा मा परेका श्रमिक, कामदार वा कर्मचारी (स्वदेशमा वा विदेशमा)
६. मूलभुत रुपमा सडेर गलेर जाने वस्तु जस्तैः तरकारी, फलफूल, पुष्प, माछा मासु, दाना, दुध तथा दुधजन्य उत्पादन, अण्डा आदि उत्पादन तथा बिक्री वितरण
७. कुखुरापालन व्यवसाय
८. पशुपन्छी, मौरी तथा मत्स्यपालन व्यवसाय
९. तयारी पोशाक, हस्तकला तथा सीपमुलक व्यवसाय
१०. वैदेशिक रोजगार सेवा प्रदायक, शैक्षिक परामर्श सेवा प्रदायक ।

मध्यम प्रभावित क्षेत्र

१. खप्ने सामान जस्तै प्लास्टिक, फलाम÷स्टील, टायर, छाला, धातुका उत्पादन, घरायसी उपकरण आदि उत्पादन तथा बिक्री वितरणसँग सम्बन्धित उद्योग व्यवसाय
२. नीजि तथा आवासीय विद्यालय, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय, कलेज तथा विश्व विद्यालय, प्राविधिक शिक्षालय, प्रि–स्कुल, चाइल्ड केयर
३. यात्रुवाहक स्थल यातायात
४. ब्युटी पार्लर, सैलुन, कस्मेटिक सर्जरी लगायतका सामाजिक तथा व्यक्तिगत सेवाका क्रियाकलाप
५. कानूनी, लेखा, इन्जिनियरिंग लगायतका परामर्श सेवा वा व्यवसाय
६. अस्पताल, क्लिनिक, नर्सिंगहोम, डायग्नोस्टिक सेन्टर
७. हेल्थ सेन्टर वा फिट्नेस सेन्टर
८. भण्डारण गर्न सकिने बस्तु (खाद्यान्न बाहेक) उत्पादन, प्रशोधन तथा बिक्री वितरण
९. वन तथा खनिजजन्य उद्योग
१०. निर्माण व्यवसाय
११. औषधि उत्पादन
१२. छपाइ, प्रकाशन तथा संचार गृह
१३. निर्माणाधीन जलविद्युत तथा नवीकरणीय उर्जा
१४. पत्थर, माटो तथा सिसाका उत्पादन सम्बन्धी व्यवसाय ।