फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य (यस्तो छ नयाँ मूल्यसूची )

 

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको फेरि मूल्य बृद्धि गरेको छ । नेपाल आयल निगमले आज राती १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ। यी तीनै पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १ रुपैयाँका दरले बढेको हो।

निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ पुगेको छ भने, डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ पुगेको छ।

भारतबाट आउने तेलको मूल्य बढेर आएकाले समायोजन गरिएको निगमले दावी गरेको छ।