विवाहित महिलाले लकडाउनमा घरमै बसेर कला देखाउन पाउने

 

काठमाडौं । सिजन मिडियाले लकडाउनका बेला विवाहीत महिलाहरुले घरबाटै कला देखाउन पाउने प्रतियोगिताको आयोजना गरेको छ । “मिसेस नेपाल लकडाउन ट्यालेन्ट हन्ट २०२०” को आयोजना गरी नेपालमा पहिलो अनलाइन भिडियो ट्यालेन्ट संकरणको आयोजना गर्ने भएको हो । नेपालभर रहेका विवाहित महिला तथा गृहणीहरुलाई लकडाउनको समयको सदुपयोग तथा आफ्नो कला मानोरन्जन तथा आन्तरिक क्षमतालाई उजागर गर्ने उदेश्यले कार्यक्रम आयोजना गर्न लागेको सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदीपराज वन्तले बताउनुभयो ।

महिलाहरुको आफ्नो आन्तरिक एक्टीङ कला, नृत्य, गायन, खाना पकाउने रेसिपी र मेकअप आदी क्षेत्रमा आत्मविश्वास अभिवृद्धि गर्न कला मनोरन्जनलाई ध्यानमा राखेर समाज एउटा सक्षम महिला र जिम्मेवार व्यक्तिको रुपमा अगाडि वढाउन सहयोग गर्ने हेतुले यो कार्यक्रमलाइ अनलाइनमार्फत विस्तार गरिन लागिएको वन्तले बताउनुभयो।

उक्त कार्यक्रममा ५ विधामा प्रतियोगीहरुले सहभागीता गर्न पाउनेछन एक जनाले एक विधामा मात्र सहभागीता जनाउन सक्नेछन , प्रतियोगीले १ मिनेट देखि ३ मिनेट सम्मको भिडियो मोवाइल अथवा अन्य क्यामरावाट खिचेर आयोजकालाई भाइवर वा इमेलमार्फत भाद्र २१ गते सम्म भिडियो पठाउन सक्नेछन । पहिलो छनोट कार्यक्रम पछि उक्त भिडियोहरु सिजन मिडियाको अफिसियल फेशवुकमार्फत सार्वजनिक गरिने छ भने लाइक सेयर कमेन्ट भोटीङ र निर्णायक मण्डलको मुल्याङकनवाट प्रत्येक विधामा ३ जना विजेता छानौट २०७७ साल आगामी असोज महिनाको द्रोस्रो सातामा हुनेछ ।

प्रतियोगिताका विजेताले “मिसेस नेपाल लकडाउन ट्यालेन्ट हन्ट २०२०” को ताज सहित फ्रिज, टिभि, भ्याकुम क्लिनर आदी घरायसी सामानहरु उपहार स्वरुप प्रत्येक विधाका ३ ३ जना विजेतालाई प्रदान गरिने छ साथै उक्त पुरस्कार लकडाउन खेलेपछि एक कार्यक्रम विच प्रदान गरिने छ साथै विजेताहरुको निसुल्क कोरोना विमा पनि पनि गरिने बताइएको छ । साथै विजेताहरुलाई गिफ्ट भौचरको रुपमा लेट मि इनको तर्फवाट पनि उपहार प्रदान गरिने बताइएको छ ।