लेवनानको कारबम विष्फोटमा १ सय ३५ भन्दा बढीको मृत्यु,उच्च अधिकारी नजरबन्द

 

काठमाडौं । लेवनानको बेइरुतमा भएको श्रृंखलाबद्ध कारबम विष्फोटमा १ सय ३५ भन्दा बढीको मृत्यु हुनुको साथै ४ हजारभन्दा बढी घाइते भएका छन् । ठूलो धनजनको क्षती भएको विष्फोटनको अनुसन्धान सुरु गर्नुअघि नै केही अधिकारीहरूलाई उनीहरूकै निवासमा नजरबन्दमा राखिएको लेबनान सरकारले जनाएको छ ।

राष्ट्रपति मीसेल आउनका अनुसार असुरक्षित रूपमा राखिएको २ हजार ७ सय ५० टन अमोनियम नाइट्रेटका कारण विस्फोटन भएको जनाइएको छ ।

यूकेस्थित शेफिल्ड विश्वविद्यालयका विशेषज्ञहरूले वइरुतमा भएको विष्फोटनको शक्ति दोस्रो विश्व युद्धका बेला जापानको हिरोसिमामा खसालिएको अणु बमको शक्तिसँग तुलना गर्दा त्यो १० भागको एक भाग रहेको अनुमान गरेका छन ।

विष्फोटनको आवाज करिब २४० किलोमिटर पर रहेको साइप्रससम्म सुनिएको थियो । एजेन्सी