सन्तानेश्वरमा १०६ रुद्राक्ष बृक्षारोपण, नवराज सिलवालदेखि रुक्मांगद कटवालसम्मका नाममा विरुवा

 

ललितपुर । सन्तानेश्वर महादेव मन्दिर परिसरमा साउने सोमबार श्रावणी स्नानको अवसर पारेर १०६ रुद्राक्ष विरुवा रोपिएको छ । झरुवारासी डाँडा सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा सन्तानेश्वर मन्दिर परिसरमा रुद्राक्ष रोपिएको हो ।


बृक्षारोपण कार्यक्रममा प्रतिनिधि सभा सांसद नवराज सिलवाल, पूर्व प्रधानसेनापति रुक्मांगद कटवाल, वागमती प्रदेश सभा सांसद लालकुमारी पुन, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, गोदावरी १३ का अध्यक्ष भाष्कर थापा लगायतले रुद्राक्ष विरुवा रोप्नुभएको थियो ।


सन्तानेश्वर क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने उद्धेश्यले रुद्राक्ष रोपिएको सन्तानेश्वर महादेव संरक्षण तथा संवर्धन सेवा संघ झरुवाराशी डांडा सामुदायिक वन उपभोक्ता समितीले जनाएको छ ।