वीरगन्जमा कोरोना संक्रमणबाट थप दुईको मृत्यु, अनिश्चितकालीन निषेधाज्ञा

 

काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमणका कारण वीरगन्जमा थप दुई जनाको ज्यान गएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ। ६८ र ५० वर्षीया महिलाको मृत्यु भएको नारायणी कोरोना अस्थायी अस्पताल गण्डकका डाक्टर निरज सिंहले जानकारी दिनुभयो।

मृतक दुबै महिला वीरगन्ज–१६ निवासी भएको विरगञ्ज महानगरपालिकाले जनाएको छ । पर्सामा मात्रै ११ दिनमा १२ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ ।

कोरोना संक्रमण फैलिएपछि पर्सा जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी गरेपछि औषधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पास लिएका सञ्चारकर्मी बाहेक अरुलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ ।