हिजो थोत्रा चप्पल लाएर राजनीति गर्नेका महल ठडिए, राजनीति व्यापार भयो : केसी

 

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जनताका लागि गरिएको राजनीति केही राजनीतिक दलका केही नेताहरुका लागि व्यापार भएको बताउनुभएको छ र केसीले हिजो थोत्रा चप्पल लाएर जनताका लागि राजनीति गर्छु भनेका नेताहरुले राजनीति गर्दागर्दै कसरी महल ठडियो ? भन्दै प्रश गर्नुभएको छ ।

नेताहरुको सम्पतिको स्रोत नखोजी राजनीति स्वच्छ र पारदर्शी नहुने बताउँदै भन्नुभयो “राजनीति भनेको समाज सेवा हो, तर केही नेताले राजनीतिलाई व्यापार बनाए, जसका कारण देश उँभो लाग्न सकेन, नेता मात्र उँभो लागे । हिजो थोत्रा चप्पल लगाउनेहरुले ठूला–ठूला महल बनाए ।”

संवाद क्लब नेपालले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उनले राजनीति देश र जनताका लागि भए पनि त्यसो हुन नसकेको र भागवण्डामा सीमित भएको गुनासो गर्नुभयो। जनताको बलिदानबाट प्राप्त भएको व्यवस्था खराब नभए पनि सञ्चालन गर्ने नेताहरुमा इमान नभएको दुखेसो गर्नुभयो। केसीले सत्तारुढ नेकपाभित्रको पछिल्लो विवादलाई अध्यक्ष केसीले नेता केन्द्रित राजनीतिको सङ्ज्ञा दिनुभएको छ ।