पर्सामा कोरोनाबाट थप एकजनाको मृत्यु, १० दिनमा १० को मृत्यु

 

पर्सा । विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणका कारण पर्सामा १० दिनमा १० जनाको मृत्यु भएको छ । शनिवार मात्रौ वीरगञ्जमा थप एक जनाको ज्यान गएको छ । नारायणी वयोधा अस्पतालमा मृत्यु भएकी वीरगञ्ज–१६ नगवाकी ५० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।