असुविधा भएको भन्दै वडा विभाजनको लागि गोदावरीमा हस्ताक्षर संकलन

 

ललितपुर । गोदावरी नगरपालिका वडा नं १४ का स्थानीयहरुले भौतिक तथा सामाजिक विकासमा असुविधा भएको भन्दै वडा विभाजनका लागि दवाव दिन हस्ताक्षर संकलन सुरु गरेका छन् ।
स्थानीयहरुले अभियान नसमिति नै बनाएर वडा विभाजनको लागि हस्ताक्षर सुरु गरेको स्थानीय निरोज बज्राचार्यले बताउनुभयो । जनसंख्याको आधारमा पनि वडा विभाजन वैज्ञानिक नभएको भन्दै साविक वडा नं १४ लाई दुई वटा वडामा विभाजन गर्नुपर्ने स्थानीयहरुको माग रहेको बज्राचार्यले बताउनुभयो ।