कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो, उपत्यकामा ६ सहित ३ सय १५ मा थप संक्रमण

 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ जना सहित ३ सय १५ जनामा संक्रमण थपिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ । पछिल्लो २४ घन्टामा थपिएका ३ सय १५ जनासहित देशभर संक्रमितको संख्या २० हजार ८६ पुगेको गौतमले बताउनुभयो ।

संक्रमितमध्ये १४ हजार ४ सय ९२ जना उपचारपछि घर फर्किएका छन् भने अहिलेसम्म ५६ जनाको ज्यान गएको छ ।