टिकटकमा भाइरल तिजे गीत अल्झियो फरिया, चट्टै माया फरर युट्युबमा

 

ललितपुर । लोकप्रिय गायिका सुमित्रा कोइराला र अमृता लुंगेली मगरको तीजेगीत अल्झियो फरिया, चट्टै माया फरर युट्युबमा आएको छ । टिकटकमा भाइरल भएको उक्त गीतमा करिश्मा ढकाल, रीना रानाभाट र वर्षा रानाभाटले नृत्य तथा अभिनयको भूमिकामा हुनुहुन्छ । बौद्धिक र सन्देशमूलक गीतमार्फत कोरोनाको संकटका समयमा संस्कारलाई निरन्तरता दिने गीतको रुपमा लिइएको गायिका कोइरालाले बताउनुभयो ।

कोइराला र मगरले दर्जनौं लोक तथा तिजे भाकामा गीत गाईसक्नुभएको छ । गीतमा लय तथा शब्द सुमित्रा कोइरालाको छ भने कृष्ण वि.क.भान्जाले एरेन्ज गर्नुभएको छ । काजिश श्रेष्ठले निर्देशन गर्नुभएको उक्त गीती म्युजिक भिडियोमा करिश्मा ढकाल र सुमित्रा तामाङले मोडलिङ गर्नुभएको छ । सुर संगीत सोलुसनले उत्पादन तथा वितरण गरेको हो ।