ललितपुरका ५ सहित उपत्यकाका ३८ जनामा कोरोना संक्रमण, कूल संक्रमित १९ हजार ७७१

 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ सय ७१ जनामा कोरोना भाइरस संक्रमण भएको जनाएको छ । काठमाडौं उपत्यकामा मात्रै थप ३८ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको मन्त्रालयले जनाएको छ । योसंगै देशभर संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंका ३२ जना, ललितपुरका ५ जना र भक्तपुरका १ जनामा कोरोना भाइरसको संक्रमण भएको जानकारी दिनुभयो ।

संक्रमितमध्ये १४ हजार ३ सय ९९ जना उपचारपछि घर फर्किएका छन् भने ५६ जनाले ज्यान गुमाएका छन्