राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा सिलवाल

 

काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा पुन रमेश सिलवाललाई नियुक्त गरेको छ । मन्त्रीपरिषद्को सोमबारको वैठकले सिलवाललाई नियुक्त गरेको हो । नयाँ खेलकुद ऐन आएपछि स्वतः पदमुक्त हुनुभएका सिलवाललाई नै नयाँ प्रक्रिया मार्फत नियुक्त गरिएको हो । मन्त्रालयले आह्वान गरेको सूचनाका आधारमा २५ जना प्रतिष्पर्धामा सहभागी भएकोमा ३ जनाको नाम छनौट समितिले सिफारिस गरेको थियो ।