ह्वाइट हाउस एसईइ प्रिन्सेज २०२० दशौं संस्करणको आवेदन खुल्ला

 

काठमाडौं । विगत १० वर्ष देखि निरन्तर रुपमा गर्दै आएको एसएलसी प्रिन्सेज नामक सौन्दर्य प्रतियोगीता यस वर्ष देखि एसइई प्रिन्सेजको नाममा हुने भएको छ । एसईई प्रिन्सेजको तयारी पूरा भए पस्चात कोरोना महामारीका कारण ४ महिना लकडाउन भएकाले अनिर्णित भएको उक्त प्रतियोगिता ह्वाइट हाउस एसईइ प्रिन्सेज २०२० को रुपमा संचालन हुने गरी आवेदन खुल्ला गरिएको सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदीपराज वन्तले बताउनुभयो ।

व्राण्ड प्रायोजकमा हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेज, मुख्य प्रायोजकमा नामि कलेज तथा क्याम्पीयन एकाडमी, साउथवोइस्टन स्टेट कलेज ,रेडन कलेज आदीको सहयोग रहने वन्तले जानकारी दिनुभयो । कोरोना रोग संग सुरक्षित रहेर प्रतियोगीतामा तालिम प्रदान गरिने तथा सम्पूर्ण प्रतियोगीहरुको कोरोना विमा समेत गरिने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा यसै वर्ष कक्षा दशको परिक्षा दिएर वसेका छात्राहरुको सहभागिता रहने र उनीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर , नेतृत्वदायी क्षमताको विकास साथै उच्च शिक्षाको मार्ग निर्देशन दिंदै समाज उपायोगि जिम्मेवार व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने आयोजकले विश्वास लिएको छ ।
प्रतियागिताको आवेदन फारम २०७७ भाद्र १३ गते सम्म सिजन मिडियाको कार्यालयमा भर्न सकिने बताइएको छ । प्रतियोगीतामा जम्मा २५ जना प्रतियोगीहरु छनौट गरीने आयोजकले जनाएको छ ।

२०७७ साल असोजको द्रोस्रो साता उत्त प्रतियोगीताको अन्तिम प्रतिष्प्रधा हुने र विजेताले “ह्वाइट हाउस एसईइ प्रिन्सेज २०२० को ताज उपाधि सहित उच्च शिक्षामा २ लाख वरावरको छात्रावृत्ति ल्यापटप ,मोवाइलफोन, म्यूजिक भिडियो खेल्ने अवसर, साथै अन्य गिफ्टहयाम्पर पाउने आयोजकले जनाएको छ । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः उच्च शिक्षामा २ लाख वरावरको छात्रावृत्ति साथै विभिन्न उपहारहरु पाउनेछन र त्यसैगरि मोडलिङ करियरमा प्रवेश गर्नेहरुको लागि पनि सहयोग गरिने बताइएको छ । अन्य विभिन्न २१ विधामा पनि विजेता छनौट गरिने सिजन मिडियाले जनाएको छ ।