सोफियाको तिजे गीत दशककै प्रगतिशील : दिल निशानी

 

काठमाडौं । स्तम्भकार दिल निसानीले सोफियाको विवादित तिजे गीत दशककै प्रगतिशील गीत भएको बताउनुभएको छ । सोफियाको तीजे गीतले श्रीमानको खुट्टा धोएको विषयमा सिर्जना गरेको विवादमा प्रतिक्रिया दिँदै स्तम्भकार निसानीले आफ्नै स्वास्थ्य विगारेर श्रीमानका लागि किन ब्रत बस्ने ? धार्मिक आस्थाको नाममा किन ब्रत बस्ने भन्दै प्रश्न उठाउनुभएको छ । महिला पुरुष बराबरी भन्दै गाइएको गीत दशककै प्रगतिशील भएको दावी गर्नुभएको हो ।

गीत सार्वजनिक भएलगत्तै हिन्दू धर्म इतरका र महिला अधिकारकर्मीहरुले गीतको समर्थन गरेका छन् धर्म र संस्कृति आफ्नो स्वेच्छामा मान्ने विषय भएकाले अर्काको खुसी र इच्छा तथा संस्कृतिमा प्रशार भएको भन्दै धेरैले आलोचना गरेका छन् । सोफियाको तीजे गीतको विवादमा सामाजिक अभियन्ताहरु पक्ष या विपक्षमा जोडिएका छन् ।

दिल निशानीकै शब्दमा :
धार्मिक आस्थाको नाममा श्रिमानको खु्ट्टा धोएको पानी किन पिउने ? कसैको चिरायुको निम्ती आफ्नै स्वास्थ्य बिगारेर ब्रत किन बस्ने ? महिला, पुरुष बराबरी भनेर गित गाउने सोफियाको दशककै प्रगतिशील तिज गितलाई किन प्रतिबन्ध लगाउने ?