१०९ दिनदेखि ११ लाख यातायात श्रमिक कामबिहिन छन्, कामको वातावरण बनाउ:भीमज्वाला राई

 

ललितपुर । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय कमिटीका अध्यक्ष भीमज्वाला राईले १०९ दिनदेखि ११ लाख यातायात मजदुर कामविहिन भएकाले काम गर्ने वातावरण निर्माण गरिदिन सरकारसंग माग गर्नुभएको छ । निरन्तर सम्वाद र आन्दोलनमा रहेको संगठनका तर्फबाट धारणा राख्दै अध्यक्ष राईले श्रमिक सम्बद्ध संगठनसंग परामर्श गरी कि काम कि माम दिने व्यवस्था गर्न सरकारसंग माग गर्नुभएको छ ।
राईले लेख्नुभएको छ ः
म गर्ने वातावरण बनाऊ
१०९ दिनदेखि देशका ११ लाख यातायात श्रमिकहरु कामबिहिन भएकाछन् । यातायात श्रमिकहरु क्रमशः भोकमरीको शिकार भएकाछन् ।
नेपालका तिनवटै श्रमिक सम्बध संगठनहरुले ूकी काम देऊ, की माम देऊू भन्दै सरकारलाई खबरदारी गर्दै आईरहेको सन्दर्भमा संसदको बिकास तथा प्रविधि समितिसंगको छलफलपछि सरकारले शुक्रबारदेखि सार्वजनिक सवारी साधनहरु उपत्यका र देशका अन्य जिल्लाका हकमाजिल्ला भित्र सञ्चालन गर्ने निर्णय गरेको छ । यसलाई हामीले आंशिक खुशीका रुपमा ग्रहण गरेकाछौं । देशव्यापी सवारी सञ्चालनको वातावरणका लागि सरकारसंगको हाम्रो संघर्ष जारी नै छ ।
हामीले यातायात श्रमिकहरुको आधारभूत स्वास्थ्य र सुरक्षाका विषयहरु जस्तै मास्क, पञ्जा, स्यानिटाईजर, व्यक्तिगत सुरक्षा सामग्रीहरु, श्रमिकहरुको बिमा, अत्यावश्यक सेवा क्षेत्रमा काम गर्ने कर्मचारीलाई झै प्रोत्साहन भत्ता लगायतका सेवा, सुविधाहरु व्यवस्था गर्नु पर्ने हाम्रा अत्यावश्यक विषयहरुमा सरकारको निर्णयमा कतै सम्बोधन भएका छैनन् ।
यसैबीच यातायात व्यवसायीहरुले समेत व्यवसायीहरुका मागका विषयमा सरकारले सम्बोधन नगरेको भन्दै सवारी सञ्चालन गर्न नसक्ने जनाएको छ । बैंक किस्ता स्थगन, बैंक व्याज मिनाहा, पुनरकर्जा व्यवस्था लगायतका विषयमा व्यवसायीहरुले सरकारको तर्फबाट सम्बोधन गरिनु पर्ने उनिहरुको माग रहेको जनाएका छन् ।
सरकारसंग आग्रह गर्दछु व्यवसायीहरुसंगका थांती रहेका विषयहरुको तत्काल व्यवस्थापन गरी श्रमिकहरुको भोक र रोगसंग जोडिएका महत्वपूर्ण सवालहरुलाई अन्त्य गर्दै काममा फर्किने वातावरण बनाउन अपिल गर्दछु ।
म सरकार तथा रोजगारदाताहरुलाई पुनः स्मरण गराउछु की राहतको व्यवस्था गर, की काम गर्ने वातावरण बनाऊ ।
भीमज्वाला राई
अध्यक्ष, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन
केन्द्रीय कमिटी