तारा अधिकारीको पराईको सिन्दुर गीत सार्वजनिक

 

ललितपुर । गीतकार तारा अधिकारीको नयाँ गीत पराईको सिन्दुर सार्वजनिक भएको छ । गीतमा नरेन्द्र प्यासीको स्वर तथा संगीत छ । यो गीतमा विछोड भएपछिको प्रेमलाई व्यक्त गरिएको छ ।
यो गीतको म्युजिक भिडियोमा जीवन भट्टराई र स्वयम् तारा अधिकारीको अभिनय छ । शान थापाको निर्देशनमा बनेको भिडियोमा राजीव समर सहायक निर्देशकको रूपमा छन् ।
अर्जुन तिवारी र उनको टिमले खिचेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् । भिडियोमा सुप्रिम पराजुलीको कलर ग्रेडिङ छ ।
यस गीत गीतकार ताराकै युट्युब च्यानल सुनौलो ताराबाट सार्वजनिक गरिएको हो । लकडाउनका बेलामा पनि तारा अधिकारीका गीतहरुको लिरिकल भिडियो सार्वजनिक भएको थियो । हाल लकडाउन केहि खुकुलो भएकाले भिडियो नै तयारी गरी श्रोता तथा दर्शकमाझ ल्याएको गीतकार तारा अधिकारीले बताइन् ।