भारतीय टीभी च्यानल प्रसारण नेपालमा रोकियो

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत यान्छी हाउलाई जोडेर अनर्गल प्रचार गर्ने देखि सिमानाको विषयमा नभएका विषयहरु उछालेर प्रसारण गर्ने भारतीय टीभी च्यानलहरु नेपालमा प्रसारण बन्द गरिएको छ ।
विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले स्वतःफुर्तरुपमा दूरदर्शन बाहेक सबै विदेशी च्यानल आजबाट बन्द गरिदिएका हुन् । भारतीय च्यानल जी न्यूजले अनर्गल र अतिरञ्जित प्रसारण गरेपछि यस्तो निर्णय गरिएको एमएसओले जनाएको छ ।

सर्वसाधरणको चर्को दबाबपछि कम्पनीहरुले यो कदम उठाएका हुन्। नेपाल सरकारले एक वर्ष अघिदेखि नै क्लिन फिड लागु गर्न खोजिरहेको छ। क्लिन फिड लागु नगर्न पनि भारतले दबाब दिँदै आएको थियो। नेपालमा यसअघि नाकाबन्दीका समयमा पनि भारतीय च्यानल बन्द गरिएको थियो। भारतले नाकाबन्दी लगाएको एक सातापछि नेपालमा भारतीय च्यानल प्रसारण रोकिएको थियो।