१५ लाख युवालाई रोजगारी दिने लक्ष्य सहित नेचर हर्ब्स इन्टरनेशनलको कारोबार सुरु

 

काठमाडौं । वस्तुको प्रत्यक्ष बिक्रीमार्फत १५ लाख युवालाई रोजगारी दिने लक्ष्य सहित नेचर हब्र्स इन्टरनेसनलले आज (आइतबार)बाट कारोवार सुरु गरेको छ । वस्तुको प्रत्यक्ष विक्री सम्बन्धमा बनेको ऐन र नियमावली कार्यान्वयनमा आएसंगै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलयले विभिन्न कम्पनीहरुलाई ईजाजत पत्र प्रदान गरेपछि कम्पनीहरुले कारोबार थालेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट वस्तुको प्रत्यक्ष बिक्रीका लागि हालै ईजाजत प्राप्त गरेको नेचर हर्ब्स इन्टरनेशनल प्रा.लि.ले आइतबार नयाँ बानेश्वरमा आयोजित औपचारिक कार्यक्रममा रोजगारी र गुणस्तरीय सेवाको प्रतिबद्धता गरेको छ । कम्पनीका अध्यक्ष जीवी राईले कारोबार सुरु गरेको औपचारिक घोषणा गर्दै वस्तुको प्रत्यक्ष बिक्री सम्बन्धमा बनेको ऐन र नियमावली अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट ईजाजत पत्र लिएर कारोबार सुरु गरिएको जानकारी दिनुभयो । राइले ऐन र नियमावली भित्र रहेर आफू नेतृत्वको कम्पनीले काम गर्ने बताउनुभयो ।
असार १७ गते ईजाजत पत्र प्राप्त गरेको बताउँदै नेचर हर्ब्सका अध्यक्ष राईले वस्तुको प्रत्यक्ष बिक्री नेपालमा नयाँ भए तापनि विश्व बजारमा धेरै पुरानो भएको बताउनुभयो । ‘यो व्यवसायबाट लाखौं नेपालीले सुलभ, गुणस्तरीय वस्तु प्राप्त गर्नेछन् भने लाखौंका लागि रोजगारी समेत सृजना हुनेछ’, राइले भन्नुभयो, ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षामा यसबाट थोरै भए पनि योगदान हुनेछ ।’

कम्पनीको उपाध्यक्ष नेपाल प्रहरीको पूर्व नायव महानिरीक्षक (डीआईजी) छवि जोशीले नेचर हर्ब्सले वस्तुको प्रत्यक्ष बिक्रीको ईजाजत प्राप्त गरेको र आजदेखि ग्लोबल प्लान सार्वजनिक गरेकोमा खुशी लागेको बताउनुभयो ।जोशीले कोरोना भाइरसका कारण विदेशबाट फर्कने १०/१५ लाख युवाका लागि कम्पनीबाट रोजगारी सृजना हुन सक्ने बताउनुभयो ।

कार्यक्रममा नेचर हर्ब्स इन्टरनेशनलका वरिष्ठ कानूनी सल्लाहकार गण्डकी प्रदेशका पूर्व प्रमुख, पूर्व महान्यायधिवक्ता तथा वरिष्ठ अधिवक्ता बाबुराम कुँवरले नेचर हर्ब्स इन्टरनेशनल प्रा.लि.लाई व्यावसायिक सफलताको शुभकामना दिंदैं कानूनको पालना गर्नेलाई कानूनले नै रक्षा गर्ने बताउनुभयो ।

कार्यक्रममा कम्पनीको प्रवन्ध निर्देशक अनन्तबाबु राईले नेचर हर्ब्समार्फत लाखौंका लागि रोजगारी सृजना गरिने बताउनुभयो । आत्मविश्वासका साथ अगाडि बढ्न कम्पनीमा आबद्ध सदस्यहरुलाई आग्रह गर्नुभयो ।

कम्पनीका बजार विभाग प्रमुख माधव खनालले स्वदेशी उत्पादनलाई विश्व बजारमा पुर्याउन कम्पनीले महत्वपूर्ण काम गर्ने बताउनुभयो ।

के हो वस्तुको प्रत्यक्ष बिक्री ?

२०७४ को असोजमा प्रतिनिधिसभाले वस्तुको प्रत्यक्ष बिक्री सम्बन्धमा व्यवस्थापन तथा नियमन गर्न बनेको ऐन पारित गर्यो । राष्ट्रपतिले स्वीकृत गरेपछि २०७४ कात्तिक १ गते सार्वजनिक जानकारीका लागि सो ऐन राजपत्रमा प्रकाशित भयो ।

सो ऐन कार्यान्वयनका लागि २०७६ फागुनमा मन्त्रिपरिषद् बैठकले वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) नियमावली–२०७६ पारित गर्यो । सो नियमावली अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हालै मापदण्ड पुरा गरी प्रक्रियागत रुपमा दर्ता भएका कम्पनीहरुलाई ईजाजत पत्र प्रदान गरेको थियो ।

वस्तुको प्रत्यक्ष बिक्री उत्पादक कम्पनीबाट बीचमा कुनै पनि एजेन्सी नभएर सिधै उपभोक्तासम्म पुग्ने व्यवसाय हो । यो व्यवसायमा ईजाजत पत्र प्राप्त कम्पनी, वस्तुको प्रत्यक्ष बिक्रेता र वितरक हुन्छन् । यस सम्बन्धी बनेको ऐन र नियमावलीअनुसार ईजाजत प्राप्त कम्पनीले वस्तुको प्रत्यक्ष बिक्रेता र वितरकहरुलाई सेवा, सुविधा, बोनस र कमिशनका रुपमा पत्यक्ष बिक्री वितरण गरिने बस्तुको बिक्री मुल्यबाट दिनुपर्छ ।

के हो नेचर हर्व्स इन्टरनेशनल ?

नेचर हर्ब्स इन्टरनेशनल प्रा।लि।ले आइतबारबाट कारोबार प्रारम्भ गरेको छ । कम्पनीको कार्यालय ललितपुरमा रहेको छ ।

नेचर हर्ब्स इन्टरनेशनल प्रा.लि. सिंगापुरमा प्रधान कार्यालय रहेको दक्षिण पूर्वी एशियाली मुलुकका उद्यमीहरुबाट संयुक्त रुपमा प्रवर्द्धित नेचर हर्ब्स इन्टरनेशनल पिटिई एलटीडीको सम्पूर्ण ब्राण्डको अधिकार प्राप्त स्वतन्त्र एजेन्सी कम्पनी हो । नेचर हर्ब्स इन्टरनेशन पिटिई एलटीडी प्रत्यक्ष बिक्री प्रणालीमार्फत नेपाली जैविक हर्वल उत्पादनलाई विश्व बजारमा बिक्री गर्ने पहिलो बहुराष्ट्रिय कम्पनी हो ।

मलेसियाको क्वालालाम्पुरमा क्षेत्रीय प्रधान कार्यालय रहेको नेचर हर्ब्स इन्टरनेशन पिटिई एलटीडीको हङकङ, यूएई, भारत र कतारमा समेत शाखा कार्यालय छन् । नेचर हर्ब्स इन्टरनेल प्रा.लि.ले प्रत्यक्ष बिक्री प्रर्णालीमार्फत गोरखा ग्रुप अफ कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित नेचर नेस्ट प्रा.लि.बाट उत्पादित नेचर हर्ब्स ब्राण्डका जैविक हर्बल उत्पादनहरुलाई बिक्री वितरण गर्नेछ ।