प्रधानमन्त्रीको अभिव्यक्ति संवेदनशील छ, स्थायी कमिटिमा छलफल होस् : नेकपा नेता गैरे

 

ललितपुर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य ठाकुर गैरेले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति संवेदनशील भएकाले स्थायी कमिटि वैठकमा छलफल हुनुपर्ने माग गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत केन्द्रीय सदस्य गैरेले लेख्नुभएको छ नेपालको नयाँ नक्सा जारी गरेका कारण आफुलाइ हटाउन दिल्ली लागेको,दूतावास सक्रिय भएको,नेपाली नेताहरु पनि सम्लग्न भएको भन्ने सम्माननिय प्रधानमन्त्री ज्यु को भनाइ ज्यादै संबेदनशिल विषय भएकोले भोली बस्ने स्थायी कमिटीको बैठकमा गम्भीर छलफल हुन जरुरी छ।

केन्द्रीय सदस्य गैरेले आफ्नै पार्टीका नेताहरु, आफ्नो देशको शासकीय स्वरुप, प्रधानमन्त्री चयन हुने प्रणाली समेतलाई आक्षेप लाग्ने अभिव्यक्तिलाई निकै संवेदनशील रुपमा लिनुपर्ने बताउनुभएको छ ।