उपत्यकामा फैलँदो संक्रमण, न्यूनतम मापदण्ड पनि पालना भएनः स्वास्थ्य मन्त्रालय

 

ललितपुर । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौंमा ६, ललितपुर र भक्तपुरमा थप एकएक जनामा कोरोना संक्रमण देखिएसंगै उपत्यकामा संक्रमणदर बढेको स्वास्थ्य मन्त्रालयको विश्लेषण छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकामा कोरोना संक्रमण बढ्नुमा मन्त्रालयले जारी गरेको न्यूनतम मापदण्डको पालना नहुनुलाइ कारण मानिएको बताउनुभएको छ । गौतमका अनुसार घर बाहिर निस्किदा दुई मिटरको दूरी कायम गर्ने, मास्क लगाउने, अत्यावश्यक बाहेक घरबाहिर ननिस्कनेलगायत मापदण्ड पालना भएको छैन ।

मन्त्रालयका प्रवक्ता गौतमले काठमाडौं उपत्यकामा यी सबै न्यूनतम मापदण्ड पालना नभएकाले थप जटिल अवस्था आउन सक्नेतर्फ ध्यान दिन आग्रह गर्नुभएको छ ।