२४ घण्टामा झण्डै ५ सय थपिए, कोरोना संक्रमितको संख्या १३ हजार २४८

 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको संख्या १३ हजार नाघेको जनाएको छ । मन्त्रालयले पत्रकार सम्मेलनमार्फत पछिल्लो २४ घन्टामा देशभर ४ सय ७६ जनामा कोरोना संक्रमण पाइएको जनाएको छ । कूल संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताउनुभयो ।

यो अवधिमा थप एकजनाको ज्यान गएको छ । योसंगै मृत्यु हुनेको संख्या २९ पुगेको छ । संक्रमितमध्ये ३ हजार १ सय ३४ जना उपचारपछि घर फर्किएका छन् ।