धान दिवसमा बामदेवको सन्देश – ‘खेत बाँझो नराखौं देश समृद्ध बन्छ’

 

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा अखिल नेपाल किसान महासंघका अध्यक्ष बामदेव गौतमले जमीन बाँझो नराखे देश समृद्ध हुने बताउनुभएको छ । उपाध्यक्ष तथा अखिल नेपाल किसान महासंघका अध्यक्ष बामदेव गौतमले भैंसेपाटीमा अनौपचारिक कार्यक्रममा रोपाइ गरी राष्ट्रिय धान दिवस मनाउनुभएको छ ।

गौतमले १७ औं राष्ट्रिय धान दिवस तथा रोपाईँ महोत्सवका अवसरमा धान रोपेर कोरोना भाइरसले तहसनहस पारेको अर्थतन्त्र उकास्न कुनै पनि खेतबारी बाँझो नराख्न सम्पूर्ण नेपालीहरुलाई आग्रह गर्नुभएको हो ।

गौतम निवास भैसेपाटी नजिकैको खेतमा पारीवारिक जमघट सहित धान रोप्न पुग्नुभएका गौतमले सञ्चारकर्मीसंग कुरा गर्दै हरेक किसान समृद्ध बन्न सक्दा मात्रै समृद्ध नेपाल निर्माण हुने र कृषि नै समृद्धिको स्रोत भएको बताउनुभयो ।