ललितपुरमा एक कोरोना संक्रमितको मृत्यु

 

ललितपुर । ललितपुरको स्टार अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा गएराति रौतहटका २९ वर्षीय पुरुषको मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । कोभिड–१९ परीक्षणका क्रममा उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले बताउनुभयो । स्वास्थ्य मन्त्रालयले भने यसबारे औपचारिक पुष्टि गरेको छैन ।