भर्चुअल बैठकमा पर्यटनमन्त्री भट्टराई बोल्दा पोर्न भिडियो बजेपछि…..

 

काठमाडौं । पर्यटन मन्त्रालयले आयोजना गरेको भर्चुअल वैठकमा मन्त्री योगेश भट्टराई बोल्दाबोल्दै पोर्न भिडियो बज्न थालेपछि वैठक स्थगित भएको छ । सोमबार मन्त्रालयमा मन्त्रीसहित झण्डै २ सय जना सहभागी बैठकमा पोर्न भिडियो प्ले भएपछि एडमिनले तत्काल नै भर्चुअल बैठक अन्त्य गरेको मन्त्रालयका एक अधिकारीले जानकारी दिनुभएको छ ।
जुममार्फत मन्त्री भट्टराई बोलिरहेकै समयमा एक्कासी अनधिकृतरुपमा ह्यारिस नामका व्यक्ति प्रवेश गरेर पोर्न भिडियो प्ले गरे पछि सहभागीहरु धमाधम आफैंले जुम लिभ गरेका थिए ।

नेपाल पर्यटन बोर्डले सुरक्षा निर्देशिका सार्वजनिक गर्न आयोजना गरेको बैठकमा मन्त्री भट्टराई बोल्दाबोल्दै पोर्न भिडियो बजेको थियो ।

प्रहरीको साइबर सेलले यो विषयमा अनुसन्धान सुरु गरिसकेको छ । नेपाल सरकारका विभिन्न पोर्टलहरु र साइवर संयन्त्र ह्याक हुने गरेको यो नौलो घटना नभएको बताउँदै मन्त्रालयका एक कर्मचारीले नेपाली साइवर गेटवे नै असुरक्षित भएको बताउनुभयो ।