संविधान संशोधन विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण, नक्सा अब बैधानिक

 

काठमाडौं । सरकारले जारी गरेको नयाँ नक्सा सहितको निशान छाप अनुसूचीमा समेटिएको संशोधन विधेयक अब संविधानको अंग बनेको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनबाट पारित भएको ‘नेपालको संविधान ९दोस्रो संशोधन० विधेयक २०७७’ प्रमाणीकरण गर्नुभएको छ ।
नेपालको संविधानको धारा २७४ को उपधारा १० बमोजिम प्रमाणीकरणका लागि पेश भएको विधेयक बिहीबार प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ ।
विधेयक प्रतिनिधिसभाबाट गत जेठ ३१ गते र राष्ट्रियसभाबाट आज दुई तिहाइ बहुमतबाट पारित भएको थियो ।