दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनलाई कोरोना संक्रमण

 

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनलाई कोरोना भाइरसको संक्रमण भएको छ । जैनलाई राजीव गान्धी अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्वास लिन समस्या र ज्वरो आएपछि अस्पताल भर्ना गरेर कोरोना परीक्षण गरिएको थियो । पहिलो पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आए पनि दोस्रो रिपोर्ट पोजेटिभ आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

जैनले केन्द्रीय गृहमन्त्री अमित शाह, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललगायतसँग बैठक बसेकाले अन्य नेताहरुलाई पनि संक्रमण भएको आशंका गरिएको छ ।