असार २ गते मंगलबार: आजको राशीफल

 

आज आज २०७७ असार २ गते मंगलबार तदनुसार जुन महिनाको १६ तारिक । नेपाल सम्बत ११४० । तिथि दशमी , ०५ः३७ बजे उप्रान्त एकादशी नक्षत्र अश्विनी

राशीफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मनमा हर्ष,उमङ्ग र उत्साह रहला । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । शुभ समाचार सुन्न पाइएला ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ। प्राकृतिक पर्यावरणमा रमाउने दिन छ । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ, साथै धनजनको आर्जन होला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । धन तत्काल खर्च गर्नुपर्ला छर–छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि समाधान भने हुनेनैछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

समझदारी बढ्न सक्छ । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमता बढ्नेछ । नयाँ शिप तथा ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ । धनलाभ होला । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । चिताएको काम बन्ने देखिन्छ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही नराम्रो होला । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन ्। विशेष सभा–समारोहमा भाग लिने मौका छ । मानसम्मान पनि पाइनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

पढाइलेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला, पढाइमा सुधार हुने दिन छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

आत्मीयजनसँग भेटघाट होला । सरसफाइ, वागबगैंचा सम्बन्धी काममा आकर्षित होइउला । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

केही कामका अवसर फुत्कने सम्भावना देखिन्छ, सचेत रहनुहोला। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ ।