शिशिर र जगदीशको श्वरमा बामदेवको राष्ट्रवादी गीत ‘हामी जुटे नेपाल उठ्छ’

 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमको राष्ट्रवादी गीत सार्वजनिक भएको छ । हामी जुटे नेपाल उठ्छ, धर्ती आकाश खुसीले हाँस्छ, हामी फुटे यो धर्ती रुन्छ, हिमाल तराई अन्धकार भैदिन्छ लगायतका सन्देश मूलक शब्द समेटेर गौतमले १५ वर्ष अघि गीत लेख्नुभएको बताउनुभयो ।
गीत शक्ति वल्लभको संगीतमा, शिशिर योगी र जगदिश समाल को स्वरमा रेकर्ड गरिएको थियो । त्यहि गीतलाई प्रसिद्ध संगीतकार शम्भुजीत बासकोटा र डा.घनश्याम खतिवडाको सहयोगमा दृश्यचित्रसहित हरिशदेव गौतमले निर्माण गरी सार्वजनिक गर्नुभएको हो ।