कोरोना कहरः अमेरिका, अष्ट्रेलिया र जापानबाट झण्डै तीन हजार नेपाली फर्किने

 

काठमाडौं । संसारका आकर्षक मुलुक भनेर अमेरिका, अष्ट्रेलिया वा जापान गएका नेपालीहरुको समेत कोरोनाका कारण मन फर्किएको छ । कोरोनाका कारण नेपाल फर्किनेको सूचीमा अष्ट्रेलिया बसेका १ हजार ३ सय नेपालीले परराष्ट्र मन्त्रालयमा निवेदन दिएका छन् ।

परराष्ट्र मन्त्रालयले सम्बन्धित देशका राजदुतावास वा कन्सुल अफिसहरुमार्फत आह्वान गरेको सूचनाका आधारमा अमेरिकाबाट ६ सय ४६ जनाले नेपाल फर्कने निवेदन दिएका छन् ।

यस्तै जापानबाट ९१६ जनाले नेपाल फर्कन निवेदन दिएका छन् । युरोपका विभिन्न मुलुकबाट पनि नेपाल फर्कन निवेदन गरेको परराष्ट्र मनत्रालयले जनाएको छ ।  मन्त्रालयले तयार गरेको अभिलेख अनुसार हाल ३० देशका २४ हजार १४८ नागरिकलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने गरी सूची बनेको छ ।