चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त

 

काठमाडौं । सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाललाई नियुक्त गरेको छ । बिहीवारको मन्त्री परिषद्को बैठकबाट दाहाललाई अध्यक्ष पदमा नियुक्त गरिएको हो । ०७६ मंसिर २९ तत्कालिन अध्यक्ष केशव भट्टराईको असमायिक निधन भएपछि रिक्त भएको बोर्ड अध्यक्षको लागि १० जनाको दरखास्त परेको थियो ।

बोर्डको अध्यक्षमा नियुक्त हुनुभएका दाहालले आईतवारदेखी बोर्डमा पदबहाली गर्नुहुने भएको छ। श्रमजिवी फिल्मकर्मीका लागि सामाजिक सुरक्षा योजना र कोरोनाको बन्दाबन्दीले ठप्प रंग क्षेत्रलाई उठाउने आफ्नो प्राथमिकता रहेको दाहालले बताउनुभएको छ ।