कहा खोज्छौ?

 
रमेश चन्द्र घिमिरे


सरकार भित्रै छ प्रतिपक्ष
किन वाहिर खोज्छौ ?
बिधी , प्रक्रिया कुनै चाहिदैन
किन सिकाउन खोज्छौ?
विरोध गर्नु नै परिपक्वता ठान्छन
किन सहमती खोज्छौ?

आफुले जे वोले सहि ठान्छन
किन गलत वोल्यौ भन्छौ?
राम्रो हामी मात्र भन्छन
किन विगत समझाई दिन्छौ?

विभिषण तिम्रा घरमै छन
विजयी कहा तिमि हुन्छौ?
कंसहरुका साथ हिड्दै तिमी
गर्भको रक्षा कसरि गर्छौ?

धृतराष्ट्रहरु छन वरिपरि
शकुनीक‍ो हाथ कहा पाउछौ?
विकेक वन्धक राख्नेहरु वाट
सल्लाह कसरि तिमि पाउछौ?

आखा भईकन नदेख्ने संग
सौन्दर्यको चर्चा कहा सुन्छौ?
शिशुपालका पर्यावाचीहरु वाट
किन मर्यादाको आशा गर्छौ ?

जिवनसवै समर्मण गरेकाले
ढोगीहरुको सपना किन वुन्छौ?
कमजोरीका पहाड वोकी
सफलता चाहि कहा खोज्छौ?
सफलता चाहि कहा खोज्छौ ?

२०७७/०२/१८